नेपाल प्रहरीको नयाँ खोलिएको ब्युरोले ग-यो सराहनीय काम

काठमाण्डु टुडे २०७६ जेठ ३ गते ७:२० मा प्रकाशित

काठमाण्डु, ३ जेठ– वैदेशिक रोजगारीको सपनामा अफ्रिकी देश पुर्याएर बेचिएका १६ नेपाली युवतीको उद्धार गरिएको छ ।

केन्याबाट १२ र मलाबीमा चार युवतीको उद्धार गरिएको हो । उनीहरूलाई नेपाल फर्काउने र मानव तस्करीमा संलग्न समूहमाथि अनुसन्धान गर्ने तयारीमा प्रहरी लागेको छ । उद्धार गरिएका युवती हाल सेफ हाउसमा रहेको र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को सहयोगमा नेपाल ल्याउने पहल अघि बढाइएको नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशीले बताए । हालै स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्युरोले यो घटनामा अनुसन्धान अघि बढाएको छ । नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us