महासंघले संसद भवन अगाडि प्रर्दशन गर्ने

काठमाण्डु टुडे २०७६ जेठ २ गते १४:५४ मा प्रकाशित

काठमाण्डु, २ जेठ – मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आन्दोलित नेपाल पत्रकार महासंघले भोलि संसद भवन अगाडि प्रदर्शन गर्ने भएको छ ।

महासंघले संसदबाहिर र अन्य जिल्लाको सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने निर्णय गरेको हो ।

पहिलो चरणको आन्दोलनको अन्तिम दिन जेठ ३ गते मध्यान्ह १२ः०० बजे नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडि बृहत प्रदर्शन गर्ने महासंघले जनाएको छ । यस्तै, जिल्लाहरुमा पनि सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

सो विधेयकसहितका कानूनहरुमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघ आन्दोलित हुँदै आएको छ ।

पहिलो चरणको आन्दोलन सुरु भएको एक हप्तासम्म पनि सम्बन्धित पक्षले महासंघले उठाएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गरी भविष्यमा सरोकारवाला पक्षसँग छलफल र सहमति गरेरमात्र मिडियासम्बन्धी कानुनहरु ल्याउने मागको सुनुवाई नगरेकाले महासंघ थप आन्दोलित हुनुपर्ने परिस्थिति निर्माण भएको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us