दीपशीखाको प्रश्नः दलाललाई किन नसमातेको ?

काठमाण्डु टुडे २०७६ जेठ १ गते १५:४१ मा प्रकाशित

काठमाण्डु, १ जेठ – नेकपा निकट वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखाले’ युवा विदेशीनुपर्ने अवस्थाको अन्त्य गर्न नेकपा नेतृत्वको सरकारको ध्यानाकर्षण गराएका छन् ।

युवासंघको स्थापना दिवसका अवसरमा काठमाण्डुमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट नेतृत्वको सरकार बने पनि दलाल र भ्रष्टाचारको विगविगी भएको भन्दै त्यसको अन्त्य हुन नसकेकोमा चिन्ता प्रकट गरे ।

‘कृषि प्रधान मुलुकमा करोडौको लसुन, धनियाँ विदेशबाट किन्नुपर्ने तर, नेपाली युवाले उत्पादन गरेको बन्दा एक रुपैयाँ किलोमा पनि त्रिक्री नभएर डोजर लाउनुपर्ने अवस्था आउनु दुःखद हो’ उनले भने ।

सापकोटाले सरकारले समाजवादको कुरा गरे पनि कालिमाटी फलफुल तथा तरकारी बजारका दलालहरुलाई समेत पक्रन नसकेको भन्दै सरकारलाई ‘दलाललाई किन नसमातेको ?’ भन्दै प्रश्न गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us