
काठमाण्डु, १ जेठ – आज काठमाण्डु उपत्यकासहित देशभर सामान्तया मौसम सफा रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार पूर्व र पश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली देखिए पनि अहिले कतै पानी परेको छैन । साँझपख भने देशका केही स्थानमा पानी पर्ने माैसमविद् विभूति पाेखरेलले बताइन् ।
पानी नपरेका कारण तराई क्षेत्रमा तापक्रम केही बढेको भए पनि साँझतिर मौसम बदली हुने भएकाले गर्मी भने नबढ्ने माैसमविद् पाेखरेलले जानकारी दिइन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पूर्वी र मध्य भूभागका थोरै स्थानमा र पश्चिम पहाडी भूभागका एक÷दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको मौसम अनुमानः
जेठ १ गते बुधबार
दिउँसोः देशको पूर्वी मध्य भूभाग तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ । देशका पूर्वी र मध्य भूभागका थोरै स्थानमा र पश्चिम पहाडी भूभागका १–२ स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।
रातिः देशका पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ । देशका पूर्वी भूभागका १–२ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।
जेठ २ गते बिहीबार
दिउँसोः देशको पूर्वी र मध्य भूभाग तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका पूर्वी र मध्य भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भूभागका १/२ स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।
राति: देशको पुर्वि भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ । देशका पूर्वी भूभागका १/२ स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।
जेठ ३ गते शुक्रबार
दिउँसो: देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ । देशका पूर्वी र पश्चिमी पहाडी भूभागका १/२ स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।
राति: देशका पहाडका भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भूभागका १/२ स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।