नेपाली सेनामा जागिर खुल्यो

काठमाण्डु टुडे २०७६ वैशाख ३० गते ११:४२ मा प्रकाशित

काठमाण्डु, ३० वैशाख – नेपाली सेनाले विभिन्न प्राविधिक समूहमा आवस्यक जनशक्ती माग गरेको छ । जंग अड्डाले प्राविधिक पदमा खाली ठाउँमा पदपूर्ती गर्ने भन्दै सार्वजनिक विज्ञापन प्रकाशित गरेको छ ।

सेनाले लेखा तर्फ उपसेनानी सरह दर्जाका लागी आदिवासी जनजाति समूहमा १,महिला १,दलित १ र खुल्ला ४ गरी सात जना माग गरेको छ ।

प्राध्यापक डाक्टर(मेडिकल)मा १ जना माग गरेको सेनाले एमबिबिएस डाक्टर १० जना माग गरेको छ भने डेन्टलमा ४ जना माग गरेको छ ।

त्यस्तै सैनिक उपचारिका २ जना अकुपेशनल थेरापिष्ट १ जना मागेको छ ।

नेपाली सेनाले ५ जना पाइलट, १ पत्रकार र १ जना भेटेनरी डाक्टर माग गरेको छ । जागिरका लागि योग्यता पुगेका नेपाली नागरिकले नारायणहिटी दरबारबाट फारम लिइ जेठ २८ गतेसम्म बुझाइसक्नुपर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us