प्रचण्डको ‘हत्या योजना’ बारे पहिलोपटक बोले विप्लव

काठमाण्डु टुडे २०७६ वैशाख ३० गते ६:४७ मा प्रकाशित

file photo

काठमाण्डु, ३० वैशाख– प्रतिबन्धित नेकपाका महासतिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वार्ताले आफू्रहरुले यठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन् ।

भूमिगत रहेका उनले पार्टी प्रतिबन्धपछि पहिलोपटक दिएको अन्तर्वार्तामा सरकारले वार्ताका लागि औपचारिक आग्रह नगरेको दाबी गरे ।
‘वार्ताबाट न हामी तर्सिन्छौँ, न त वार्ताले क्रान्तिले उठाएको विषयलाई समाधान गरिहाल्छ भन्नेमा विश्वस्त छौँ,’ उनले भने । एनसेलमाथिको कारबाहीपछि सरकारले पार्टी प्रतिबन्ध लगाएको उनको भनाइ छ । राजनीतिक दलका शीर्ष नेताको हत्या योजना उनको पार्टीले बनाएको भन्ने सरकारको दाबीमाथि विप्लवले खण्डन गरे ।

केही समयअघि पक्राउ परेर छुटेका खड्गबहादुर विकको डायरीबाट प्रचण्डसहित शीर्ष नेताको हत्या योजना बनाइएको नोट फेला पारेको दाबी प्रहरीले गरेको थियो । सुरक्षा संयन्त्रको रिपोर्टिङका आधारमा प्रचण्डले विप्लव समूहले आफ्नो हत्या योजना बनाएको बताएका थिए ।

अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us