राजा महेन्द्रको श्रीपेच र लाइटर चोरी !

काठमाण्डु टुडे २०७६ वैशाख २८ गते ९:४७ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– ‘सेना र पुलिसले टोल नै घेरे । दशलाल उम्किन पाउने अवस्था रहेन । उसलाई समाएर लगे’, ६८ वर्षअघिको यो घटना पाटन हखाटोल निवासी शङ्खलाल महर्जनका आँखामा अझै सो दृश्य घुमिरहेको छ ।

नारायणहिटी दरबारका बगैँचे दशलाल महर्जनले गरेको चोरी, ऊ बेला यो घटना चर्चित थियो । नौ लाख रुपैयाँ बराबरको हीरा जवाहरत र १७ हजार रुपैयाँ नगद चोरी भएको भएको थियो ।
त्यतिबेला यो रकम निकै ठूलो मानिन्थ्यो । पाटनवासीहरू दशलालले तत्कालीन युवराज महेन्द्रको लाइटर, तत्कालीन युवराज्ञी रत्नको टायरा आदि चोरेको हल्ला आफूहरुले सुनेको बताउँछन् । ‘श्रीपेचसमेत चोरेको भन्ने हल्ला थियो’, शङ्खलालले भने, ‘सुनको बट्टा र लाइटरबाटै ऊ पक्राउ परेको हो ।’
दरबारमा चोरी भयो भन्ने हल्ला सर्वत्र फैलियो । २००८ साल जेठको घटना । कुन दिन चोरी भएको थियो भनी तिनताक यो घटना थाहा पाएका पाटनवासीलाई सम्झना छैन । तत्कालीन युवराज महेन्द्र भारतको ‘कलकत्ता’ गएका बखत चोरी गरिएको थियो । ‘सुन समेतका गहना चोरी गरेको कुरा उनी ९महेन्द्र० नेपाल फिरेपछि थाहा भएछ ।’
गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us