
काठमाण्डु, २८ वैशाख– वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारमाथि वर्षौंदेखि भइरहेको ठगीमा संलग्न सिन्डिकेट ब्युँताउने गतिविधमा नेपालस्थित मलेसियन दूतावास नै सक्रिय भएको छ ।
विगतमा कामदार ठगीमा संलग्न मेडिकल सिन्डिकेट कायम राख्न दूतावासका कार्यबाहक राजदूत अहमद फादिल स्माइलले कूटनीतिक मर्यादा र दुई देशबीच भएको श्रम समझदारीविपरीत नेपाल सरकारलाई दबाब दिँदै आएका हुन् । श्रम समझदारीअनुरुप स्वास्थ्य परीक्षण गर्ने संस्था सूचीकरणको प्रक्रियामा सरकारले ठगीमा संलग्न व्यवसायीलाई नै मान्याता दिएको भन्दै मलेसियन राजदूतले विभिन्न निकायमा पत्राचार गरेका छन् ।
नयाँ पत्रिकाबाट