नेपालमा अहिलेसम्म किनिएका सबै जहाजमा भ्रष्टाचार !

काठमाण्डु टुडे २०७६ वैशाख २८ गते ६:३६ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुईपटक भित्र्याएका एयरबस कम्पनीमा चार वटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औँल्याएको छ ।

समितिले पछिल्लो दशक निगमले भित्र्याएका सबै खाले विमान खरिद प्रक्रियालगायत व्यवस्थापकीय पक्ष अध्ययन गर्न गत मंसिरमा उपसमिति गठन गरेको थियो । सांसद दीपकप्रकाश भट्टको नेतृत्वमा गठित उपसमितिले निगमले उडानमा राखेका चार वटै एयरबस (दुइटा ए ३२० र दुइटा ए ३३०) को खरिद प्रक्रिया नमिलेको औंल्याएको सांसद दिव्यमणि राजभण्डारीले बताए । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us