स्काभेटरमा आगो लगाउनेमाथि कडा कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाण्डु टुडे २०७६ वैशाख २७ गते १४:५१ मा प्रकाशित

रौतहट, २७ वैशाख – प्रहरी प्रशासनलाई चुनौती दिँदै रौतहट स्थित अज्ञात समूहले स्काभेटरमा आगजनी गरेका छन्  । रौतहटको मध्यभाग गरुडा नगरपालिका लक्षमीपुर गाउँ छेउमा अज्ञात समुहद्धारा सडक डिभिजन कार्यालयको स्काभेटरमा गरेको आगजनीको दोषी पक्राउ नगर्दै पुुनः अर्को स्काभेटरमा आगजनीको घटना भएको हो ।

सडक निर्माणमा स्थानीय र निर्माण कम्पनीका मानिसबीच विवाद हुुँदा बिहीबार राती गुुजरा नगरपालिका ६ खतवहिया टोलछेउमा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको हो ।

शहरी विकास मन्त्रालय अन्तगत शहरी पूर्वाधार निर्माणमा रमन, सगरमाथा सगुुन जेभी कन्ट्रक्सनद्वारा गुुजरा ६ खतवहियास्थित सडक निर्माण भई रहेको थियो ।

निर्माणको क्रममा केही स्थानीय र ठेकदार कम्पनीका मानिससँग बिहीवार दिउँसो विवाद भएको थियो । विवादपछि खतवहिया गाउँछेउमा रोकेर राखिएको निर्माण कम्पनीको स्काभेटरमा मध्यरातमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनीबाट स्काभेटरको अधिकांश भाग जलिसकेको प्रहरीले जनाएको छ । घटनाबारे छानविन भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

यसअघि गरुडा कटहरिया सडक खण्डमा गत मंसिर महिनामा सडक फराकिलो तथा केही ठाँउमा नयाँ सडक निर्माण भइरहेको थियो ।

निर्माणको क्रममा सडक सिधा बनाउने बिषय लिएर केही स्थानीय र निर्माणकर्ताबीच विवाद भएको थियो । विवादपछि निर्माणकार्यमा खटिरहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेका थिए ।

उक्त घटनाका सम्बन्धमा छानबिनको क्रममा प्रहरीले केही स्थानीयलाई नियन्त्रणमा लिएर अनुुसन्धान गरेपनि वास्तविक दोषीलाई प्रहरीले हालसम्म पक्राउ गर्न नसकेको प्रदेश सांसद कुन्दन कुुश्वाहाले बताएका छन् ।

एसपी खत्रीले गएराती गुजरामा भएको स्काभेटर आगलागीमा संलग्न केही मानिसको नाम आएको र उनीहरुको खोजी र घटनाको थप अनुुसन्धान भइरहेको बताए । यसअघि भएको स्काभेटरमा आगजनीको घटनाको समेत अनुुसंधान भईरहेको एसपी खत्रीले जानकारी गराए ।

रौतहटमा पटक–पटक सडक निर्माणको क्रममा स्काभेटरमा अज्ञात समूहद्धारा आगजनीका घटनाहरु हुनुु र दोषी पक्राउ नहुुनुुले प्रदेश २ का नेपाल कम्युनिष्ट पाटीका अध्यक्ष तथा निर्माण व्यवसायी सहदेव खडका सहितको टोलीले आज गृहमन्त्री रामबहादुर थापासँग भेटघाट गरी घटनाबारे ध्यानाकर्षण गराएको छ ।

भेटघाटको क्रममा गृहमन्त्री थापाले घटनामा संलग्न दोषीलाई पत्ता लगाई अबिलम्ब पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरीलाई कडा निर्देशन दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us