बाबुरामलाई झट्का, असन्तुष्ट नेता नेकपा प्रवेश गर्दै

काठमाण्डु टुडे २०७६ वैशाख २५ गते १३:५३ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख – डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँशक्ति पार्टीले फोरमसँग एकता गरेपछि सो समूहमा असन्तुष्टि बढेको छ । असन्तुष्टहरुले छुट्टै भेलाको आयोजना गरेका छन् ।

भेलामा पूर्वसभासद कल्पना धमला, ज्ञानेन्द्र कुमालका साथै देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राईलगायत उपस्थित थिए ।

भेलामा सहभागी नेताहरुले पार्टी कमिटीलाई औपचारिकतामात्र सीमित गरेको तथा पार्टी एकता गर्नुपूर्व छलफल नभएकोमा असन्तुष्टि जनाएका छन् ।

असन्तुष्ट समूहका केही नेता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us