युद्धपोत इराकको आक्रमण रोक्न अमेरिकाले पठायो

इराक र अमेरिकाबीच युद्ध हुन लागेकै हो त ?

काठमाण्डु टुडे २०७६ वैशाख २५ गते १०:०५ मा प्रकाशित

एजेन्सी । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ मंगलबार अचानक इराकको राजधानी बग्दाद पुगेका छन् ।

पूर्वजानकारीबिना भएको उक्त भ्रमणका क्रममा पोम्पेओले इराकी राष्ट्रपति बह्राम सलिह, प्रधानमन्त्री अदेल अब्दुल माहदीसहित उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा उनले छिमेकी इरानबाट इराकमा रहेका अमेरिकीहरूलाई हुनसक्ने सम्भावित सुरक्षा खतराबारे कुराकानी गरेको बताइएको छ ।

मध्यपुर्वमा रहेका अमेरिकी सैन्य अखडामा इरानले गर्न सक्ने सम्भावित आक्रमणको प्रतिवाद गर्न भन्दै अमेरिकाले केही दिनअघि त्यो क्षेत्रमा युद्धपोत पठाएको थियो ।

राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उक्त क्षेत्रमा रहेका अमेरिकी, उसको स्वार्थ र सहयोगी राष्ट्रमाथि कुनै प्रकारको आक्रमण भए त्यसको जवाफ फर्काउने स्पष्ट सन्देश इरानलाई दिन युएसएस अब्राहम लिंकन स्ट्राइक ग्रुप र एउटा बम्बर टास्कफोर्स पठाइएको बताएका छन् ।

पछिल्ला महिनाहरूमा इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकाले प्रतिबन्ध बढाएर इरानियन रिभोलसनरी गार्ड क्रप्सलाई आतंककारीको दर्जामा राखेपछि अमेरिका र इरान सम्बन्ध तनावपूर्ण भएको छ ।

‘उनीहरूको देशमा अमेरिकी स्वार्थको पूर्ण रक्षा गर्न इराकको महत्वबारे हामीले उनीहरूसँग कुरा गर्‍यौं,’ पोम्पेओले भने ।

उनले इराकमा रहेका अमेरिकीलाई हुनसक्ने खतराबारे इराकलाई जानकारी गराउन आफू बग्दाद आएको बताए ।

‘हामी इराकको सार्वभौमसत्तालाई सघाउँछौं । उनीहरूको सार्वभौमिकतामाथि अतिक्रमण, त्यो पनि उनीहरूको देशभित्र कुनै अर्को मुलुकलाई आक्रमण गरेर नगरोस् भन्ने हामी चाहन्छौं,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us