राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको फोटो जोड्ने प्रिन्सिपल पक्राउ

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १२:४३ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचार गर्ने एकजना प्रधाननाध्यापक पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अतिरन्जित गर्ने एकजना प्रध्यानाध्यापक सिन्धुपाल्चोकबाट पक्राउ परेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारे अपशब्दसहितको स्टाटस पोष्ट गर्ने मेलम्ची नगरपालिका–१३ स्थित फटकशिला माविका प्रध्यानाध्यापक इश्वरकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो । चौलागाईंलाई पक्राउ गरी अपराध महाशाखामा ल्याइएकाे छ । यस विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us