शहीद गंगालाल अस्पतालको लापरबाही, फरक समूहको रगत चढाएपछि बालिकाको मृत्यु

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते १२:५६ मा प्रकाशित

काठमाण्डु, २३ बैशाख – शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा शल्यक्रिया गर्दा फरक समूहको रगत चढाइएको भनिएकी पाँच वर्षीया बालिकाको ज्यान गएको छ ।

मुटुको शल्यक्रिया गर्ने क्रममा अर्कै समूहको रगत चढाइएको दाबी गरिएकी सर्लाहीकी ५ वर्षकी आकृतिकुमारी साहको ज्यान गएको हो ।

ओ पोजेटिभ समूहको रगत आवश्यक पर्ने आकृतिको शल्यक्रिया गर्ने क्रममा चिकित्सकले ए पोजेटिभ रगत चढाएको परिवारको दाबी छ । परिवारले चिकित्सकीय लापरबाहीका कारण बालिकाको ज्यान गएको आरोप लगाएका छन् ।

आकृतिको उपचारमा लापर्वाही गर्ने डाक्टरलाई कारबाही गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रिएका छन् । अस्पतालले भने घटनाको छानबिन भइरहेको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us