काठमाण्डु, २३ वैशाख – काठमाण्डुस्थित जापानी दूतावासले नेपाली विद्यार्थीलाई विभिन्न तहमा अध्ययनका लागि छात्रवृत्तिको आह्वान गरेको छ ।
दूतावासले अन्डरग्य्राजुएट, विशिष्टकृत तालिम तथा अनुसन्धन विद्यार्थीका लागि छात्रवृत्तिको आह्वान गरेको हो । योग्यता पुगेका उम्मेदवारले जुलाइ २० भित्र आवेदन दिन सक्नेछन् ।