प्रदेश १ मा तीन सय प्रहरीलाई कारवाही

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते १०:४० मा प्रकाशित

विराटनगर, २२ बैशाख – प्रदेश नम्बर १ प्रहरी कार्यलय विराटनगरले चालु आर्थिक बर्षको अहिले सम्म २ सय ८९ प्रहरीलाई कारबाही गरेको छ । प्रहरी संगठन विपरीत काम गरेको, संगठनलाई आँच आउने क्रियाकलाप बढेको भन्दै उनीहरुलाई कारवाही गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

संगठनमा आर्थिक लेनदेन, अनैतिक सम्वन्ध, मादक पदार्थ सवेन, संगठनको निर्देशन पालना नगर्ने, प्रहरी नियमवाली विरुद्ध काम गर्नेलाई कार्वाही गरेको १ नम्बर प्रहरी कार्यलयका प्रवक्ता डिएपी सिद्धराज न्यौपाने बताए । संगठन विपरीत काम गर्ने २ सय ८९ जनालाई कार्वाही भएको उनले बताए ।

आर्थिक प्रलोभनमा परेको, आर्थिक अनुशान भगं गरेको, आन्तरीक अनुशासन भगं गरेकाले कारवाही गरेका हो । डिआईजी केदार रिजालका अनुसार प्रदेश १ ले संगठनमा गल्ती गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कार गर्ने अभियान नै चलाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us