
महोत्तरी, २२ बैशाख – महोत्तरीमा चोरहरुको समूहले एक घरका सबै सदस्यलाइृ नियन्त्रणमा लिएर लुटपाट गरेको छ । जिल्लाको जलेश्वर नगरपालिका–१० सारीगाउँमा आइतबार बिहान चोरहरुको एक समूहले एक घरपरिवारका सदस्यलाई नियन्त्रणमा लिएर पाँच लाख रुपैयाँ भन्दाबढीको लुटपाट गरेको हो ।
जिल्लाका प्रहरी कार्यालयका उपरीक्षक ईश्वर कार्कीका अनुसार आइतबार बिहान करीब साढे १ बजेतिर जलेश्वर नपा–१० सारीगाउँ बस्ने नवीन ठाकुरको घरमा चार–पाँच जनाको समूहमा आएका चोरले पाँच लाख ६९ हजार बराबरको सुनचाँदीका गरगहना र नगद लुटेर लगेका छन् ।
चोरले ठाकुरको घरबाट सुनको दुई तोलाको हार एक थान, सुनको ६ आनाको झुम्का एक थान, सुनको चार आनाको औँठी एक थान, सुनको एक तोलाको टप एक थान, सुनको एक तोलाको मोती एक थान, सुनको दुई तोलाको हनुमानी दुई थान, सुनको दुई तोलाको बाला एक जोडा मूल्य, चाँदीको ४० तोलाको हँसुली (घाँटीमा लगाउने गहना) एक थान, चाँदीको १८ तोलाको पाउजु दुई थान, नोकिया कम्पनीको मोबाइल दुई थान र नगद रु पाँच हजार गरी जम्मा रु पाँच लाख ६९ हजार बराबरको लुटपाट गरी लगेको प्रहरीले जनाएको छ ।