
एजेन्सी – अनलाईन खेल पब्जीले विश्वभर लोकप्रियता हासिल गरेको छ । यस खेल खेलेरै मानिसले ज्यान गुमाएको, मानसिक समस्या देखिएको घटना सार्वजनिक भएका छन् ।
पब्जी खेलले गम्भीर असर निम्त्याउने जन आवाजपछि भारतको गुजरातमा पब्जी खेलमाथि प्रतिबन्ध लागिसकेको छ ।
यसैबीचमा भारतमा पब्जी खेल सम्बन्धी नै फेरि अर्को घटना सार्वजनिक भएको छ । विवाह समारोहमा खिचिएको टिकटक भिडियोमा बेहुलाले पब्जी खेल खेलिरहेको देख्न सकिन्छ ।
सार्वजनिक भिडियोमा ती बेहुलामा कति पब्जी खेलको लत छ भन्ने प्रष्ट देख्न सकिन्छ । सारा मानिसलाई वेवास्ता गर्दै पब्जी खेलिरहेका छन् । उनले आफ्नो छेउमा बसेकी बेहुलीलाई समेत ध्यान दिएका छैनन् ।
टिकटक भिडियो खिच्ने व्यक्तिले उनको नजिक गएर मोबाइललाई छोप्न खोज्छन् । ती बेहुलाले हतार हतार उनलाई हटाउँछन् । त्यसबेला बेहुली भने बेहुलाले चलाएको मोबाइल टुलुटुलु हेरिरेहेकी हुन्छिन् ।
https://www.youtube.com/watch?v=r42XAc73Eqs