
जनकपुर, २१ बैशाख – संघीय समाजवादी फोरम नेपालका एक नेताले वडाध्यक्ष कुटेका छन् ।
फोरमका नेता राजकिशोर महतोले धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष हिरालाल महतोलाई कार्यकक्षमै कुटपिट गरेको आरोप लागेको हो ।
प्रदेश नम्बर २ सरकारले सशर्त अनुदान अन्तर्गत गाउँपालिकालाई उपलब्ध गराएको ५० लाख रुपैँयाको योजनाबाट आफूलाई दिन दवाव दिएपछि उत्पन्न विवादले उग्ररुप लिदा राजकिशोरले हिरालालमाथि ईट्टा प्रहार गरेको बताइएको छ । इटा प्रहारबाट उनको हातमा चोट लागेको छ ।
यता राजकिशोरले भने वडाध्यक्षले थप्पड हानेपछि आफूले पनि ईट्टा प्रहार गरेको प्रतिक्रिया दिएका छन् ।