पूर्वसांसद बर्मन बुढा अस्पताल भर्ना, सभामुखले भेटे

काठमाण्डु टुडे २०७६ वैशाख २० गते १२:१७ मा प्रकाशित

काठमाण्डु, २० वैशाख – पूर्वसांसद् तथा थवाङका अग्रज कम्युनिस्ट नेता बर्मन बुढा अस्पताल भर्ना भएका छन् । पेटमा समस्या देखिएपछि सांसद् बुढा बिहीबार पाटन अस्पताल भर्ना भएका हुन् ।

उनको अहिले प्रारम्भिक उपचार भइरहेको सांसद् बुढाकी छोरी विश्वज्योतिले जानकारी दिइन् । उपचाररत बुढालाई सभामुख कृष्णबहादुर महराले भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।

सो क्रममा सभामुख महराले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भरत कुमार यादव र डाक्टरहरुको टोलीलाई भेटी पूर्वसांसद बुढाको उपचारमा कुनै कमी हुन नदिन अनुरोध गरेको महराको सचिवालयले जनाएको छ ।

माओवादी जनयुद्धको उद्गम थलो रोल्पा थबाङका पाका कम्युनिस्ट नेता बर्मन बुढा नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा मानिन्छन् । उनी ०४८ मा जनमोर्चा नेपालको तर्फबाट रोल्पा क्षेत्र नं. १ बाट विजयी भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us