काठमाण्डु, २० वैशाख – शीतल दाहाल महिला स्वतन्त्रता र यौनका विषयमा निर्भीक कलम चलाउने युवा पुस्ताकी महिला हुन् । उनका लेखहरूमाथि सोसल मिडिय तथा अलनलाइनहरूमा चर्को बहस हुने गरेको छ ।
आज प्रकाशित साप्ताहिकमा उनको अन्तर्वार्ता छापिएको छ ।
आफू यति खुला हुनुहुन्छ, लेखनमा पनि त्यत्तिकै खुला भएर पोखिनुहुन्छ, विवाह नहोला भन्ने तनाव भएन ?
हो, मेरो एक जना नजिकको साथीले एकदमै रिसाएर गाली गर्दै अब तेरो विवाह हुने सम्भावना जिरो भयो भन्नुभएथ्यो । उहाँले यस्तो लेखिसकेपछि कसैले पति तसँग विवाह गर्दैन भन्नभाथ्यो ।
तर विवाहका बारेमा म यति क्लियर थिएँ कि जो मलाई एउटा हेडलाइन देखेर विवाह गर्न आउँछ, त्योसँग मचाहिँ कहाँ विवाह गर्छु र म पनि विवाह गर्दिनँ । कमसेकम म त्यति लेख्दाखेरि पनि आफ्नो खुट्टामा उभिएकी थिएँ । हरेक लेखनमा आफ्नो खुट्टामा उभिएको छु भन्ने कुराले मलाई जाँगर दिन्थ्यो । मैले लेखिरहन सक्नुको कारण पनि त्यही हो ।
नेपाली केटाहरूको मनस्थिति कस्तो पाउनुभएको छ ?
एकदम दुःखद कुरा भन्नुपर्छ, मजस्ती केटीसँग विवाह गर्ने केटा नेपालमै छैनजस्तो लाग्छ ।
साँच्चै त्यस्तो अनुभव गर्नुभएको हो ?
अँ साँच्चै । त्यो खालको चेतना मैले नेपाली केटाहरूमा फेला पारेकी छैन । भेट्छु, केही मानिसहरू भेट्छु तर अझै सुधार्नुपर्नेछ । ऊ केहीँ न कहीँ अलमलिएको छ, मेरो कुरालाई लिएर ऊ अलमलिन्छ । एउटा केटा मसँग विवाहका लागि कुरा गर्न आएको थियो ।
उसको भनाइ यसअघि जे जे भयो भयो, अब लेख्न छाडिदेऊ न त भन्ने थियो । जुन कुरा म कल्पना पनि गर्न सक्दिनँ । मैले उसलाई फिर्ता पठाइदिएँ । यदि यही अवस्था रहिरह्यो भने मलाई त के घाटा लाग्ला, केटाहरूलाई नराम्रोसँग घाटा लाग्छ । भन्नुको अर्थ मसँग विवाह गर्नुपर्यो भन्ने होइन, तर उनीहरूलाई धेरै सुधार्नुपर्ने जरुरी छ ।
कस्तो यौन सम्बन्ध हुनुपर्छ ?
मैले चाहेको साझेदारीपूर्ण यौन सम्बन्ध हो । त्यो पनि सहभागितापूर्ण अर्थात् साझेदारीमा हुने यौनसम्बन्धको कल्पना गरेकी हुँ मैले ।
कस्ता केटाले तपाईंलाई तान्छ ?
१९ वर्षको अन्तरमा ममा यति धेरै चेन्ज आएको छ कि अब म यस्तै खालको केटा मन पर्छ भनेर कसरी भनूँ ?
विवाह कहिले गर्नुहुन्छ ?
विवाहका बारेमा पनि मेरो आफ्नै धारणा छ, विवाह गराइने कुरा होइन, विवाह आफैँ हुने हो । ३२ वर्ष पुगेको केटालाई केटी खोजेर तपाईँ विवाह गराउन सक्नुहुन्छ ?