बालुवाटार जग्गा प्रकरणः विष्णु पौडेलको जग्गा सरकारले खोस्ने, क्षतिपूर्ति नदिने

काठमाण्डु टुडे २०७६ वैशाख २० गते ७:०८ मा प्रकाशित

काठमाण्डु, २० वैशाख– नेकपाका महासचिव विष्णु पौडेलको बालुवाटारस्थित जग्गा फिर्ता लिने र क्षतिपूर्ति पनि नदिने सरकारले बताएको छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले व्यक्तिका नाममा दर्ता भएको बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारले फिर्ता लिने निर्णय गरिसकेकाले कसैलाई पनि क्षतिपूर्ति नदिने बताएका हुन् । ‘जसले ठगी गरेको छ, उसैले क्षतिपूर्ति तिर्छ । शेरबहादुर देउवा, विष्णु पौडेल वा सुवर्ण समशेरको हकमा पनि त्यही लागू हुन्छ । उहाँहरुको छ भने सरकारले लिन्छ, क्षतिपूर्ति तिर्दैन, हामीले जानेको त्यति हो ।’ मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले भने, ‘मैले धेरैपटक सरकारको पोजिसन स्पष्ट पारेको छु । कोहीप्रति रिसइबी साँध्ने हिसाबले पुरातात्त्विक उत्खनन गरे जसरी विषय होइन । यो सुशासन र सुरक्षाभित्र पर्छ । यसमा चारतारे–लालतारे जो कोही पर्नुभएको छ र तथ्य–प्रमाणले देखाउँछ भने कसैलाई पनि छुट दिन सक्दैनौँ ।’
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us