बालुवाटार र सिंहदरबारपछि धोबीखोलाको जग्गा पनि माफियाको कब्जामा

काठमाण्डु टुडे २०७६ वैशाख २० गते ६:५१ मा प्रकाशित

काठमाण्डु, २० वैशाख– धोबीखोला वरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसगँको मिलेमतोमा खोलावरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो ।

नक्सा सुधारका नाममा करिब चार रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता भएको हो । निलो पुल (गोपिकृष्ण हल) अगाडिको सरकारी जमिन नम्बर १०२–०९८७–१५ मा साबिक नक्सा भिडाई कायम साबिक धोबीखोला कित्ता नम्बर ४३ बाट रोपनी कटाएर व्यक्तिको कित्ता नम्बर ३० मा घुसाएर विजय सम्बाहाम्फे र नन्दमाया लिम्बूका नाममा नक्सा सुधार गरिएको लालपुर्जा दिएको हो । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us