वैशाख २३ गते कसले गर्याे नेपाल बन्द ?

काठमाण्डु टुडे २०७६ वैशाख १९ गते १५:०४ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै इञ्चार्ज सगुनले प्रदेश ३ र ४ का जिल्ला पनि बन्द गरेर सहयोग गर्न आह्वान गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी मध्य केन्द्रीय कमाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले नेपाली जनताको आँखामा छारो हालिरहेका छन् । जनतामा युद्धको भारी बोकाउने चलखेल गरिरहेका छन् । कानुनलाई मुठिमा लिएर दमनकारी फाँसीवादी चरित्रहिन व्यवहार गरिरहेका छन् । जनतमाथि गरिएको चरम दमन, प्रतिबन्ध र जनताका जनजीवीका राष्ट्रियता र दलाल सरकार क्रियाकलापविरुद्ध वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको हुँदा उक्त दिन प्रदेश ३ र ४ का सबै जिल्लाहरु बन्द गरी सहयोग गरिदिन आह्वान छ । साथै बन्द उल्लंघन गरेको पाइएमा बन्द गर्दा कुनै अप्रीय घटना घटेमा त्यसको जिम्मेवार पार्टी हुनेछैन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us