बिवाहमा केटी जिस्काउँदा जन्ती र बेहुली पक्षबीच हानाहान, एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७६ वैशाख १९ गते १३:२६ मा प्रकाशित

गोरखा, १९ बैशाख — बिवाहमा केटी जिस्काएको निहुँमा जन्ती र बेहुली पक्षबीच कुटाकुट हुदाँ एक जनाको ज्यान गएको छ ।

बुधबार लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट आएका जन्ती र गोरखा पालुङटार नगरपालिका–४ कुमाल गाउँका माइती पक्षबीच केटी जिस्काएको विषयमा विवाद पछि कुटाकुट भएको थियो ।

कुटपिटबाट घाइते जन्ती अल्कटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेहुली लिएर र्फकँदा १७–१८ जना युवाहरुले जन्तीपक्षलाई गाडी रोकेर कुटपिट गरेको प्रहरीले जनाएको छ ।

घटनाको सत्यतथ्य बुझ्न एसपी भोला रावलसहितको टोली अहिले पालुङटारतर्फ लागेका छन् । घटनामा संलग्नहरुको खोजी भइरहेको र शंका लागेका केहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन अझै बाकी रहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us