प्रदेश १ को सम्पर्क राजधानी धनकुटा तोकियो

काठमाण्डु टुडे २०७६ वैशाख १७ गते १७:१८ मा प्रकाशित

विराटनगर, १७ वैशाख – प्रदेश नम्बर १ को सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।

यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरि निर्णय भएको प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए । धनकुटा यसअघि पूर्वाञ्चल विकास क्षेत्रको राजधानी थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us