आज जापानका राजाले गद्दी त्याग्ने

काठमाण्डु टुडे २०७६ वैशाख १७ गते ९:५९ मा प्रकाशित

जापान, १७ वैशाख – जापानका राजा अकिहितोले आज आफ्नो गद्दी त्याग्दै छन् । २ सय वर्षको इतिहासमा उनी पहिलो राजा हुन् जस्ले जिउँदै आफ्नो गद्दी छोडेका छन् ।

८५ वर्षीय अकिहितो पछि उनका छोरा नरूहितोले भोली गद्दी सम्हाल्ने छन् । राजाले आफू बाँचुन्जेल गद्दी त्याग्न नपाइने परम्परा र कानुन छ ।

तर पनि अकिहितोले आफू रोगी र बुढो हुँदै गएकाले राज्य चलाउन नसक्ने भएकाले जिम्मेवारीबाट मुक्त हुन चाहेको बाएका थिए । २०१६ देखि नै उनले यस्तो इच्छा व्यक्त गरेपनि कानुनी कारणले गद्दी त्याग्न पाएका थिएनन् ।

जापानी संसदले कानुनी बन्देज फुकाइदिएपछि उनले गद्दी त्याग गर्ने भएका हुन् । आज स्थानीय समयअनुसार बेलुकी ८ बजे उनले गद्दी छोड्ने अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

भोली राजगद्दि सम्हाल्ने उनका छोरा नरूहितोकी एकमात्र सन्तान छन्, छोरी । तर उनले आफ्नो बावुको राज्याभिषेक भने हेर्न पाउने छैनन् । राजपरिवारका महिलाले समेत राज्याभिषेक हेर्न नपाउने कानुन छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us