
काठमाण्डु, १७ वैशाख– एनसेल खरिद बिक्रीमा सरकारले निर्धारण गरेको पुँजीगत लाभकर, जरिवाना र शुःल्कको गणना गलत भएको भन्दै सर्वोच्च अदालत गएको एनसेलले अन्तर्राष्ट्रिय अदालत पनि जाने तयारी गरेको छ ।
नेपाल सरकारले निर्धारण गरेको करविरुद्ध एनसेल अन्तर्राष्ट्रिय अदालत (आरर्बिटेसन) मा जाने लागेको हो । नेपाल सरकारले गणना गरेको कर हिसाब बेठीक भएको भन्दै एनसेल आर्बिटेसनमा जान लागेको छ । एनसेल र आजियाटा युकेको अधिकारिक व्यक्तिले भने केही बताएका छैनन् । नागरिक दैनिकबाट