राप्रपा(संयुक्त) निकट विधार्थी र युवक संगठनले अख्तियार घेरे

काठमाण्डु टुडे २०७६ वैशाख १६ गते १७:२९ मा प्रकाशित

काठमाण्डु, १६ वैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) सम्वद्ध विधार्थी संगठन र युवक संगठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ गरेको छ । सोमबार दुई संगठनले सरकार भ्रष्टाचारी, दलाल, बलात्कारीको संरक्षक भएको आरोप लगाउँदै सरकारको विरोधमा अख्तियार घेराउ गरेको हो ।

सरकारले सुनियोजित र नीतिगत रुपमै भ्रष्टाचारलाई संस्थागत गर्दासमेत अख्तियार मुकदर्शक बनेको भन्दै राप्रपा (संयुक्त) का यवा तथा विद्यार्थीहरुले विरोधस्वरुप अख्तियार परिसर घेराउ गरेका हुन् ।

उनीहरुले सरकारविरुद्ध विभिन्न नारा लगाएका थिए । उनीहरुले दलाल, कमिसन खोरी होसियार, राप्रपा(संयुक्त) जिन्दावाद, भ्रष्टाचारी सरकार मूर्दावाद, मेलम्ची काण्ड को हो ? लगायत लेखेका प्ले कार्ड बोकेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us