बारा–पर्साबाट सेना फिर्ता गर्न राजपाको माग

काठमाण्डु टुडे २०७६ वैशाख १६ गते १७:२० मा प्रकाशित

काठमाण्डु, १६ बैशाख – राष्ट्रिय जनता पार्टी नेपालले बारा र पर्सामा हावाहुरी पीडितलाई घर बनाउने काम सेनाबाट फिर्ता लिन माग गरेको छ ।

सरकारले सेनालाई घर बनाउने जिम्मा दिँदै बजेट समेत दिइसकेको छ । तर राजपाका नेता अनिल झाले संसद बैठकमार्फत् उक्त कार्य सेनाबाट फिर्ता लिएर प्रदेश वा स्थानीय सरकारलाई दिन माग गरेका हुन् ।

‘घर बनाउने कुरा भयो । हावाहुरी पीडितलाई घर बनाउन प्रदेश २ सरकार र स्थानीय तहले मागेका थिए । तर सेनालाई सानो सानो काममा समेत सहभागी गराउँदा सेनाको स्वच्छ चरित्र र ठूला प्रोजेक्टमा लगाउने पुरानो प्रतिबद्धता मेल खाँदैन’, झाले भने, ‘स्थानीय तहबाटै काम गराउनुपर्थ्यो। हावाहुरी पीडितको घर बनाउने काम प्रदेश वा स्थानीय सरकारलाई दिनुपर्छ।’

उनले हावाहुरी पीडितका लागि उचित व्यवस्थापनको काम केन्द्रीय सरकारका हुनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us