ग्यास सिलिण्डर बोकेको ट्रक र कार ठोक्कियो, पाँच जना घाइते

काठमाण्डु टुडे २०७६ वैशाख १६ गते १६:०४ मा प्रकाशित

नवलपरासी, १६ बैशाख – नवलपरासीको सुनवल ज्यामिरेमा ट्रक र कार ठोक्किँदा पाँच जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गको सुनवल ज्यामिरेमा सोमबार दिउँसो उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. १ क ८७३५ नं. को ग्यास सिलिण्डर बोकेको ट्रक र पूर्वबाट पश्चिमतर्फ आइरहेको वा. १३ च १८६० नं को कार ठक्किँदा कारमा सवार चार जना र ट्रक चालक घाइते भएका हुन् ।

घाइते हुनेहरूमा कारमा सवार ललितपुर महानगरपालिका–२ बस्ने ३८ वर्षकी झविश्वरा बन्जाडेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

त्यस्तै सोही स्थानकी ५५ वर्षीय राधिका घिमिरे, कार चालक ४० वर्षीय रामचन्द्र बन्जाडे र ४० वर्षकी मन्जु बन्जाडे पनि घाइते छन् ।

घाइतेहरूको बुटवलस्थित मर्सि्सिटी अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us