भक्तपुरकाे फेमिली गेष्ट हाउसमा लगेर बालिकाको बलात्कार

काठमाण्डु टुडे २०७६ वैशाख १६ गते १३:३२ मा प्रकाशित

भक्तपुर, १६ वैशाख – बालिकालाई गेस्ट हाउसमा लगेर बलात्कार गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

प्रहरीले बालिकामाथि बलातकार गरेको अभियोमा भक्तपुर नगरपालिका–१० मुलढोका बस्ने २६ वर्षीय सुनिल सिल्पकार र भक्तपुर कमल विनायक बस्ने काभ्रे रोसी गाउँपालिका–७ का १९ वर्षीय विशाल तामाङ छन् ।

उनीहरुले भक्तपुर नगरपालिका–१ ईपाखे डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-९ बुङदेल घर भएका १३ वर्षीया २ जना बालिकालाई बलात्कार गरेको खुलेको छ ।

दुवैले भक्तपुर मुलढोकास्थित फेमिली गेष्ट हाउसमा लगेर शुक्रबार राति बलात्कार गरेको खबर प्राप्त भएपछि खटिएको प्रहरीले पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us