बंगलादेशी चित्रकारले बनाए चामलको गेडामा तीन देशको झण्डा !

काठमाण्डु टुडे २०७६ वैशाख १६ गते १३:२४ मा प्रकाशित

काठमाण्डु, १६ बैशाख – काठमाण्डुमा जारी अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा चामलको गेडामा बनाईएको नेपाल, भारत र बंगलादेशको झण्डा अङ्कित चित्र पनि प्रदर्शनमा राखिएको छ ।

बंगलादेशका चित्रकार खालिफा पलाशले उक्त चित्र बनाएका हुन् । उनले नेपाली मौलिक पोषाकमा सजिएका एक पुरुष र विश्वका चर्चित तीन साहित्यकारको चित्रसमेत चामलको गेडामा बनाएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us