१ सय ६५ स्कूलका सबै विद्यार्थी फेल, ३ सय ८८ स्कूलको नतिजा २० प्रतिशत मुनी

काठमाण्डु टुडे २०७६ वैशाख १६ गते ११:२० मा प्रकाशित

एजेन्सी – भारतमा युपी बोर्डका १ सय ३९ विद्यालयका विद्यार्थी फेल भएका छन् ।

यो बोर्डमा सूचीकृत एक सय ६५ विद्यालय एवं कलेजका एक जना विद्यार्थीले पनि परीक्षा पास गर्न सकेनन् । यस्तै, ३ सय ८८ विद्यालयको नतिजा २० प्रतिशत मुनी छ ।

बोर्ड परीक्षामा चिट चोर्न नपाउने कडा नियम लागू गरेपछि यस्तो नतिजा देखा परेको युपी बोर्डका अध्यक्ष विनय कुमार पाण्डेले बताए ।

२० प्रतिशतभन्दा कम नतिजा ल्याउने ३ सय ८८ विद्यालयमध्ये १ सय ३९ प्लस टु विद्यालय थिए भने २ सय ४९ कलेज थिए ।

कुनै पनि विद्यार्थी पास नहुने स्कूलमध्ये ५० सरकारी, पाँच अर्धसरकारी र ८४ नीजि विद्यालय थिए भने १५ सरकारी, ५८ अर्धसरकारी र १७६ वटा नीजि कलेज समावेश छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us