सप्तरीमा मामाको स्वयंवरमा गएका भान्जाको अपहरण

काठमाण्डु टुडे २०७६ वैशाख १६ गते १०:०८ मा प्रकाशित

सप्तरी, १६ वैशाख – सप्तरीमा एक जना बालक अपहरणमा परेका छन् । सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोका जागेश्वर यादवका छोरा–११ वर्षीय लक्ष्मण यादवको तीन दिनअघि अपहरणमा परेका हुन् ।

अपहरित लक्ष्मणका मामा सप्तरीको महदेवा गाउँपालिका–२ अकवरपुरका भोलेन्द्र यादवको नर्घो गाउँकी मनिषा कुमारी यादवको विवाहको स्वयंवर चलिरहेका बेला शनिबार राति अज्ञात व्यक्तिले अपहरण गरेर लगेको छ । प्रहरीले अपहरणकारी र बालककाे खाेजी गरिरहेकाे छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us