१ सय ९७ वटा म्यानपावर खारेज

काठमाण्डु टुडे २०७६ वैशाख १५ गते १६:३० मा प्रकाशित

काठमाण्डु, १५ वैशाख – वैदेशिक रोजगार विभागले १ सय ९७ वटा म्यानपावर खारेज गरेको छ । नियम विपरित काम गर्ने र समयमा नवीकरण नगर्ने म्यानपावरलाई वैदेशिक रोजगार विभागले खारेज गरेको हो ।

यीमध्ये वैदेशिक रोजगारीमा पठाएका कामदारले नेपालमा भनिएको काम र तलब नपाएमा, काम र तलब फरक परेमा, समयमा तलब नपाएमा र त्यसमा म्यानपावरको गल्ती देखिएमा म्यानपावर खारेज गर्ने गरेको छ ।

विभागले खारेज गरेपछि म्यानपावरले वैदेशिक रोजगारसँग सम्बन्धित कुनै काम गर्न पाउँदैन । तर एजेण्ट र दलालहरुले खारेजीमा परेका म्यानपावरको नाम लिएर पनि ठग्ने भएकाले सचेत हुन पनि विभागले सबैलाई आग्रह गरेको छ । अहिले विभागमा १४ सय ३७ वटा म्यानपावर दर्ता छन् ।

विभागमा दर्ता भएका १४ सय ३७ मध्ये अहिले ११ सय ८५ वटा म्यानपावर मात्रै सञ्चालनमा छन् । ५५ वटा म्यानपावर सञ्चालनमा नरहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us