
काठमाण्डु, १५ बैशाख – काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका– ६ तिवारीटोलस्थित एक घरमा मध्यराति तास खेलिरहेका बेला ११ जना पक्राउ परेका छन् ।
स्थानीय प्रेम तिवारीको एकतले घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोक नगरपालिका वडा नम्बर ८ का ५४ वर्षीय रेन्जेन दोङसहित ११ व्यक्तिलाई प्रहरीले तास खेलिरहेको ठाउँबाट राति साढे ११ बजे पक्राउ गरेको हो।
गोप्य सूचना पाएपछि बौद्धस्थित महानगरीय प्रहरी वृत्तबाट खटिएको प्रहरी टोलीले ३ बुक तास र १ लाख १६ हजार ८१५ रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।