बालुवाटार जग्गा प्रकरणः अख्तियारका चार पदाधिकारीले मुलुकविरुद्ध अपराध गरेको खुलासा

काठमाण्डु टुडे २०७६ वैशाख १४ गते ६:५७ मा प्रकाशित

काठमाण्डु, १४ वैशाख– बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार पदाधिकारीको मिलेमतो तथा संलग्नताको प्रमाण फेला पारेको छ ।

करिब डेढ दशकको अवधिमा अख्तियारको नेतृत्व गरेका तीनसहित चार पदाधिकारीले त्यस प्रकरणको उजरीलाई अनुसन्धान नगरी असफल बनाएका हुन् । ‘अख्तियारले चाहेको भए बालुवाटारको जग्गाको अनियमिततामा संलग्नलाई कारबाही गरी जग्गा फिर्ता हुने परिस्थिति बन्थ्यो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले भन्यो, ‘उजुरीहरुमाथि छानबिन गरेजस्तो गर्ने, कारबाही नगर्ने र तामेलीमा राख्ने प्रवृत्तिले कहिल्यै नतिजासम्म पुग्ने अवस्था भएन ।’ कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us