एजेन्सी । श्रीलङ्का गत आइतबार भएको श्रृंखलाबद्ध बम बिष्फोटको जिम्मेवारी इस्लामिक स्टेट (आइएस)ले लिएको छ ।
बेलायती समाचार एजेन्सी रोयटर्सका अनुसार आइएसले घटनाको जिम्मेवारी लिए पनि थप विवरण भने सार्वजनिक गरिसकेको छैन ।
आइतबारको भएको श्रृंखलाबद्ध विष्फोटमा परी ३ सय २१ जनाको मृत्यु भइसकेको छन् । घटनामा सयौँको संख्यामा सर्वसाधरण घाइते भएका छन् । बिस्फोटमा ज्यान गुमाएका सबैको आजै सामूहिक अन्त्येष्टी गरिएको छ ।