नेकपामा ३३ प्रतिशत महिला पुगेनन्

काठमाण्डु टुडे २०७६ वैशाख ९ गते १७:४४ मा प्रकाशित

काठमाण्डु, ९ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्ला कमिटीमा अध्यक्ष र सचिव बनाउँदा महिला भने जम्मा ४ जना परेका छन् ।पार्टी एकताको एक वर्षपछि ७७ वटै जिल्लामा नेकपाले अध्यक्ष र सचिव टुंगो लगाउँदा जिल्लाको नेतृत्वमा महिलाको सहभागिता भने नगन्य छ ।

धादिङ, मकवानपुर र काभ्रेपलाञ्चोक अध्यक्ष महिलालाई सुम्पिएको छ । त्यस्तै महिला सचिव पाउने एकमात्र जिल्ला इलाम भएको छ ।

लमजुङमा मधु अधिकारी, मकवानपुरमा मुनु सिग्देल र काभ्रेपलाञ्चोकमा रूकु चौलागाईंले अध्यक्ष बन्न पाएका छन् । इलामकी सचिव सोममाया राई बनेकी छन् ।

एमाले र माओवादी मिलेर बनेको नेकपाको स्थानीय माथिल्ला निकायमा महिला सहभागिता छैन् ।

हरेक पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला हुनुपर्ने कानुनी व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us