
काठमाण्डु, ९ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी छन् ।
चीन भ्रमणमा जानु दुई दिनअघि स्वास्थ्य परीक्षण गराउन राष्ट्रपति सोमबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेकी हुन् ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले राष्ट्रपतिको पेटको इन्डोस्कोपी गरिएको जानकारी दिए । राष्ट्रपति भण्डारी बुधबार ९ दिने राजकीय भ्रमणका लागि जाँदैछिन् ।