भाई राजी भए म मोदीसँग चुनाव लड्छुः प्रियंका गान्धी

काठमाण्डु टुडे २०७६ वैशाख ९ गते १३:४५ मा प्रकाशित

एजेन्सी । उत्तर प्रदेशको वाराणसीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय जनता पार्टीको तर्फबाट लोकसभा निर्वाचनमा मैदान उत्रँदैछन् ।

यस क्षेत्रबाट काँग्रेसले अहिलेसम्म कसैलाई उमेद्वार बनाएको छैन् । यसबीचमा काँग्रेस नेत्री प्रियंका गान्धीले आफू मोदीसँग चुनाव लड्न तयार भएको बताएकी छन् ।

काँग्रेस प्रमुख राहुल गान्धीका बहिनी प्रियंकाले भनिन्, ‘यदी भाई राहुल गान्धी राजी भए म वाराणसीबाट चुनाव लड्न तयार छु ।’

आफू मोदीको प्रतिस्पर्धी बन्न पाउँदा खुशी हुने उनले बताइन् । उनले चुनावमा भोट गर्नका लागि भारतवासीलाई अपिल समेत गरेकी छन् ।

भारतमा ७ चरणमा सम्पन्न हुने लोकसभा निर्वाचन जारी छ । गत अप्रिल ११ बाट सुरु निर्वाचन सुरु भएको हो । २ चरणको निर्वाचन सम्पन्न भइसकेको छ ।

प्रधानमन्त्री मोदी उठेको क्षेत्र उत्तर प्रदेश वाराणसीमा सातौं चरणमा अर्थात् मे १९ तारिखमा निर्वाचन हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us