
काठमाण्डु, ८ बैशाख – काठमाण्डकोु बसुन्धर क्षेत्र अब विशेष निगरानीमा रहने भएको छ ।
शान्ति सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यका साथ समुदाय–प्रहरी साझेदारी कार्यक्रम काठमाण्डुको बसुन्धरास्थित संगम टोलआसपास २० सीसीटीभी जडान गरिएको हो । संगम क्लबको सहयोगमा १३ लाख रुपैयाँको लागतमा २० स्थानमा सीसीटीभी शनिबार जडान गरिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले सीसीटीभीको उदघाटन गर्दै प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारीलाई अगाडि लैजान सीसीटीभी जडानले सहयोग पुगेको बताए ।
कार्यक्रममा संगम क्लबका अध्यक्ष हिक्मत शेरचनले शान्तिपूर्ण समाज निर्माणमा सहयोग पुर्याउनका लागि क्लबले सीसीटीभी जडान गरेको जानकारी दिए । सीसीटीभीको महानगरीय प्रहरी प्रभाग तिलिंगाटारमा कन्ट्रोल कक्ष राखिएको छ ।