
काठमाण्डु, ७ बैशाख – नेपाली काँग्रेसका आधा दर्जन केन्द्रीय नेताहरु बुटवल गएका छन् । रुपन्देहीको–४ नम्बर निर्वाचन क्षेत्रको भेलालाई सम्बोधन गर्न शनिबार नेताहरु बुटवल गएका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलेसहित आधा दर्जन नेताहरु बुटवल आएको भेलामा सहभागी केन्द्रीय सदस्य बद्रिप्रसाद पाण्डेले जानकारी दिए ।
बुटवल झर्नेमा वरिष्ठ नेता पौडेलसहित नेताहरु अर्जुननरसिंह केसी, बालकृष्ण खाँण, डा. चन्द्र भण्डारी, गगन थापा, गुरुराज घिमिरे र बद्रि पाण्डे रहेका छन् ।