दैलेखमा ११ जनालाई चट्याङले हान्यो

काठमाण्डु टुडे २०७६ वैशाख ६ गते १०:३४ मा प्रकाशित

दैलेख, ६ वैशाख – जिल्लाको विभिन्न ठाउँमा चट्याङ लागेर ११ जना घाइते भएका छन् । नौमूले गाउँपालिकाको–२ मा बुधवार राति परेको चट्याङ लागेर ७ जना घाइते भएका हुन् ।

गाउँपालिका २ बालुवाटारको नौफेरीमा बारीमा चट्याङ पर्दा घरमा बसिरहेका ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

घाइते मध्ये १ जनाको जिल्ला अस्पताल दैलेख र अन्यको प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमै उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै दैलेखको महावु गाउँपालिका ६ लामिडाँडाको कुईयाँपानीमा बिहीबार साँझ परेको चट्याङ लागेर ४ जना महिला घाइते भएका छन् ।

महावु गाउँपालिका ४ का जयबहादुर शाहीको घरमा परेको चट्याङ लागेर आँगमा आमा समूहको बैठक बसिरहेका महिलाहरू घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये ४५ बर्सिया जयकुवँरा शाही र ६३ बर्सिया लाल सरा रावत बेहोस भएको र २६ वार्षिया गीता विक र १७ बर्षिया अनिता शाही अर्धचेत भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए ।

घाइते सबैको स्थानीय मेडिकलमा उपचार पछि घर फर्किएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us