विप्लव निकट किसान संघका अध्यक्ष पक्राउ

काठमाण्डु टुडे २०७६ वैशाख ५ गते १४:५८ मा प्रकाशित

पाल्पा, ५ बैशाख – प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा निकट किसान संघ पाल्पाका अध्यक्ष पक्राउ परेका छन् ।

तानसेन नगरपालिका– ८ मदनपोखरा निवासी टोपराज बस्याललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका बस्याल विप्लव नेतृत्वको पार्टी नेकपाका जिल्ला सदस्य तथा किसान संघका केन्द्रीय समस्य समेत रहेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहानै रिब्दीकोट गाउँपालिकाको भवनमा बम विस्फोट भएपछि उनलाई प्रहरीले पक्राउ गरेको स्थानीयले जनाएका छन् ।

गएको शुक्रबार पनि विप्लव नेतृत्वको नेकपा निकट शिक्षक संगठन, पाल्पाका अध्यक्ष विजय बुढामगरलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको थियो । बुढामगरमाथि पनि अनुसन्धान भैरहेको प्रहरीको भनार्इ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us