भाजपाको मुख्यालयमै नेतालाई जुत्ता हानियो

काठमाण्डु टुडे २०७६ वैशाख ५ गते १४:३१ मा प्रकाशित

एजेन्सी – भारतीय जनता पार्टीको नेता जीभीएल नरसिम्हा रावमाथि जुत्ता प्रहार भएको छ ।

आज भारतमा भइरहेको लोकसभा निर्वाचनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनीमाथि एक व्यक्तिले जुत्ता प्रहार गरेका हुन् ।

भाजपाको मुख्यालयमै भएको यो घटनापछि जुत्ता प्रहार गर्ने व्यक्तिलाई त्यहाँका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । हाल यस घटनाबारे अनुसन्धान भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us