मेची महाकाली सफाई अभियान मेचिपुलबाट सुरु

काठमाण्डु टुडे २०७६ वैशाख ४ गते १५:४४ मा प्रकाशित

काठमाण्डु, ४ बैशाख – नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी ‘नेपाल सफाई वर्ष’ घोषणा सहित सरसफाई अभियानको थालनी गरिएको छ ।

बुधबार एक कार्यक्रमकाबीच पूर्वी सीमा मेचिपुलबाट सफाई अभियानको सुभारम्भ गरिएको हो । मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यले अभियानको सुरुवात गरेका हुन् ।

बागमती सफाई महाअभियानको प्रेरणाबाट बिर्तामोड सफाई अभियानका अभियन्ताहरुको पहलमा मेची महाकाली सफाई अभियान सुरुवात गरिएको आयोजकले जनाएका छन् । अभियानलाई पूर्वबाट पश्चिम महाकालीसम्म फैलाउदै जाने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us