
काठमाण्डु, ४ बैशाख – नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ ।
श्रेष्ठको उपचारको क्रममा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार बिहान ११ बजेर ४९ मिनेटमा निधन भएको हाे ।
श्रेष्ठको पार्थिव शरीर आज साढे १२ बजेदेखि भूगोलस्थित निवासमा राखिने छ भने दिउँसो ३ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
भारतको मेदान्त अस्पतालमा दुई महिना उपचार गराएर फर्किएका उनले नर्भिक अस्पतालमा फिजोयोथेरापी लगायतका विधिबाट उपचार गरिँदै आएको थियो ।