गृहमन्त्री बादलको जित

काठमाण्डु टुडे २०७६ वैशाख ३ गते १९:५८ मा प्रकाशित

काठमाण्डु, ३ वैशाख– सर्वेच्च अदालतले नेपालको नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन सरकारका लागि बाटो खुला गरेको छ ।

सर्वोच्चको मंगलबारको संयुक्त इजलासले जन्मका आधारमा नागरिकता लिएकाका सन्तानलाई वंशजको नागरिकता दिन आदेश गरेको हो । गृह मनत्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा जन्मका आधारमा नागरिकता लिएकाका सन्तानलाई नागरिकता दिन पठाएको सर्कुलर खारेजीको माग गर्दै अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिट निवेदन खारेज गर्दै सर्वोच्चको यस्तो फैसला आएको हो ।

यसअघि सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले २५ चैतमा गृहको सर्कुलर कार्यान्यवन नगर्न अन्तरिम आदेश दिएको थियो । न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले न्यायाधीश भण्डारीको आदेश खारेज गरेको हो । गृहले गत १९ चैतमा जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन देशभरका जिल्ला प्रशासन कार्यालयमा सर्कुलर जारी गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us